नेपालगन्ज असार २८ । नेपालगन्जको व्यस्त धम्बोजी चोकमा सोमबार दिउँसो धारिलो हतियार प्रयोग एक युवकको हत्या भएको छ । रिगल ढकालको समूहले खुकुरी प्रहार गर्दा हात छुट्टिएका नेपालगन्ज उपमहानगरपालिका–८ का २५ वर्षीय चेतन मानन्धरको अत्याधिक रक्तश्राव भइ मृत्यु भएको हो । हात काटिएर तत्कालै अस्पताल पुर्‍याइएका मानन्धरलाई अस्पतालले काठमाडौं रेफर गरेको केहीक्षणमै उनको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ । मानन्धरको हत्यामा संलग्न भएको आशंकामा बाँकेका विभिन्न ठाउँमा छापामारी ५ जना युवालाई पक्राउ गरिएको छ । अन्य युवाको खोजी भैरहेको छ । पक्राउ परेका युवाहरुले आफूहरु ‘रिगल समूह’ को भएको प्रहरीलाई बयान दिएका छन् । रिगल तरुण दल बाँके क्षेत्र नं ३ का सभापतिसमेत हुन ।