काठमाडौं, २८ असार । महिला साथीको मोवाइल नम्बर सामाजिक सञ्जालमा राखेर अश्लिल म्यासेज पोष्ट गर्ने कृष्ण उराउ प्रहरीको खोरमा पुगेका छन् ।

व्यक्तिगत रिसीईवीका कारण आफ्नै साथीको चरित्र हत्या गर्ने नियतले अश्लिल म्यासेजहरु पोष्ट गर्ने कोटेश्वर बस्ने सुनसरी सिमरिया–८ घर भएका २५ बर्षीय उराउलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निजलाई बिद्युतीय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।