एजेन्सी असार २८ । ग्रीसका प्रधानमन्त्री एलेक्सीस सिप्रासले भनेका छन् ग्रीसको कर्जा संकटका बारेमा वार्तारत सबै पक्षले चाहने हो भने आइतबार एउटा नयां वित्तिय राहत सहायता सम्झौतामा सहमति हुन सक्छ।

युरोजोनका नेताहरुको महत्वपूर्ण भनिएको बैठकका लागि ब्रसल्समा भेला हुंदै ग्रीक प्रधानमन्त्रीले भने, “ म अर्को सम्झौताका निम्ती तयार भएर यहां आएको छु। युरोपलाई विभाजीत होइन एकताबद्ध देख्‍न चाहने युरोपका जनताहरुका कारण यो बैठक सम्भव भएको छ।

“यदि सबै पक्षले चाहने हो भने आजै रातती कुनै सहमति हासिल हुन सक्छ।“

रद्द

यसैबीच ग्रीसको ऋण संकटबारे छलफल गर्न, युरोपेली संघको २८ सदस्य राष्ट्रका सरकार प्रमुखहरुको आइतबारका निम्ती निर्धारित शिखर बैठक रद्द गरिएको छ।

म अर्को सम्झौताका निम्ती तयार भएर यहां आएको छु।

एलेक्सीस सिप्रास, प्रधानमन्त्री, ग्रीस

ग्रीसका लागि नयां वित्तीय राहत सहायता सम्झौतामा सहमति जुटाउन युरोजोनका अर्थमन्त्रीहरुको लामो बैठक पुन: आरम्भ हुंदा उक्त शिखर बैठक रद्द गरिएको हो।

ब्रसल्समा रहेका बीबीसी सम्बाददाता भन्छन्- शिखर बैठक रद्द हुनुको कारण एउटा मात्र हुन सक्छ, त्यो भनेको ग्रीसलाई युरो मुद्रा प्रचलनमा रहेका मुलुकहरुको सदस्यको रुपमा कायमै राख्‍ने गरी नयां सम्झौताको तयारीमा सबैको ध्यान केन्द्रीत भैरहेको छ।

युरोग्रुपका नेता यरुन डाइसलब्लुमले भने, लेनदेनको वार्तालाई एकदमै अप्ठ्यारो भनेका छन्।

यो एकदमै गाह्रो छ तर काममा प्रगति पनि भैरहेको छ, उनको भनाई थियो।

null

ब्रसल्समा रहेका बीबीसी सम्बाददाता क्रिश मोरिस भन्छन्, दिक्क मनस्थितीमा रहेका र वार्ताका कारण थकित अर्थमन्त्रीहरु ग्रीसको वित्तिय संकटको विषयलाई लिएर युरोजोन क्षेत्रमा देखिएका स्पष्ट मतभिन्नताहरुको समाधान खोज्ने प्रयासमा दोस्रो दिन पनि भेला भएका छन्।

आपत्त‌ि

फ्रान्स र अन्य देशहरु ग्रीससंग कुनै प्रकारको सहमति गर्नु पर्छ भन्दै छन् भने जर्मनीको नेतृत्वमा रहेका अन्य देशहरुका गम्भीर आपत्त‌ि कायमै छन्।

तर ग्रीसलाई तेस्रो वित्तिय सहायता प्रदान गर्ने विषयमा वार्ताहरु आरम्भ भएको घोषणा गराउनका लागि केहि प्रभावशाली घटकहरु लागि परेकाछन्।

त्यसो हुन सकेमा मात्र पनि युरोपेली केन्द्रीय बैंकलाई पुन: हस्तक्षेप गरेर ग्रीसको बैंकहरुलाई टाट पल्टीनबाट रोक्ने कदम चाल्न पर्याप्त कारण मिल्न सक्छ।

एथेन्सले तत्कालै कर, निवृतिभरण र प्रशासनको खर्चमा सुधारहरु गर्ने कानुन लागु गरेमा ग्रीसको ऋणको भारलाई केहि कम तुल्याउन सकिने विकल्पका बारेमा अर्थमन्त्रीहरुले विस्तृत वार्ता गरेका बुझिएको छ। तर ग्रीसको विदेशी ऋण माफी भने गरिने छैन।

स्रोत बिबिसि