२७ असार, काठमाडौं । त्रिभूवन विश्व विद्यालयले अस्कल क्याम्पसलाई स्थानान्तरण गर्ने निर्णय गरेको विरोधमा विभिन्न विद्यार्थी संगठनले विरोध स्वरुप चक्काजाम गरेका छन् । अस्कल क्याम्पसमा अध्ययनरत विभिन्न ५ संगठनका विद्यार्थीहरुले एक घण्टासम्म चक्का जाम गरेका थिए । एमाओवादी निकट अखिल क्रान्तिकारी, एमाले निकट अनेरास्ववियु, विप्लव निकट अखिल क्रान्तिकारी, बैद्य निकट अखिल क्रान्तिकारी र कांग्रेस निकट नेविसंघले विरोध स्वरुप चक्का जाम गरेका हुन् । त्रिविले अस्कल सार्ने निर्णय नसच्चाए अझै थप आन्दोलन गर्ने अखिल क्रान्तिकारीका अध्यक्ष तिलक प्रसाद उपाध्यायले बताए ।