एजेन्सी असार २५ । रमजानको पवित्र महिनामा सित्तैमा दिइने कपडा लिने क्रममा भएको भागदौडमा बंगलादेशमा २२ जनाको ज्यान गएको छ ।

ब‌गलादेशको उत्तरी म्यामनसिंह जिल्लामा शुक्रबार बिहान भएको भागदौडका क्रममा ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।

रमजानको महिनामा धनी मानिसले गरिबलार्इ कपडा बाँड्ने चलन छ । म्यामनसिंह जिल्लामा एक व्यक्तिले एक व्यक्तिले सित्तैमा कपडा बाँड्ने घोषणा गरेका थिए । उनले कपडा बाँड्ने घोषणा गर्नेबित्तिकै सयौं मानिस त्यहाँ पुगेका थिए ।

कपडा बाँड्नु भन्दा पहिले नै त्यहाँ रहेको सुर्ती कारखानाको सानो ढोका अगाडि करिब १५ सय मानिस जम्मा भइसकेका थिए । सानो ढोकाबाट सयौं मानिस कपडा लिन भवनभित्र पस्ने क्रममा यो घटना भएको हो ।

पुलिसले कारखानाका मालिकसमेत सात जनालार्इ हिरासतमा लिएको छ । म्यामनसिंह जिल्लाका प्रहरी प्रमुख मोइनुल हकले समाचार एजेन्सी एपीलार्इ बताएअनुसार हालसम्म १७ वटा शव फेला परिसकेको छ ।

ज्यान गुमाउनेमा धेरै महिला र बालबालिका रहेकाले अझै पनि मर्नेको संख्या बढ्न सक्ने प्रहरीले आशंका गरेको छ ।