काठमाडौं असार २५ । जनयुद्वको लक्ष्य प्राप्त नभएकाले पुनः हतियार उठाउने घोषणा गरेका नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले शुक्रबार दिउँसो काठमाडौंमा जनप्रदर्शनको तयारी गरेका छन्l
पार्टी नेताहरुका अनुसार प्रमुख दलबीच सम्पन्न १६ बुँदे सहमति, भूकम्प पीडितलाई राहत वितरण गर्दा भएको ‘भ्रष्टचार’ र लिपुलेकलाई भारत र चीनले द्विपक्षीय ब्यापारिक नाकाका रुपमा विकसित गर्ने सम्झौता विरुद्ध आजको प्रदर्शन लक्षित छl
चन्दका सहयोगी सुदर्शन मंगोलका अनुसार शुक्रबार शान्ति बाटिकाबाट शुरु गरिने र्‍याली खुलामञ्चमा पुगेर सभामा परिणत हुनेछl सभालाई चन्द लगायत पार्टीको उच्च नेतृत्वले सम्वोधन गर्ने कार्यक्रम छl
पार्टी नेताहरुका अनुसार प्रत्येक जिल्लाबाट कम्तिमा १०० जनालाई जनप्रदर्शनका लागि बोलाईएको छl तर. काठमाडौँ उपत्यका र यस वरिपरीका जिल्लाबाट बढी भन्दा बढी कार्यकर्ता सहभागी हुनेछन्l
उपत्यका बाहिरबाट सयौंको संख्यामा कार्यकर्ता आजै रात्रीवासबाट काठमाडौँ झरेका छन्l कार्यक्रममा कम्तिमा १०,००० कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छl