काठमाडौं असार २५ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले सार्वजनिक यातायतमा भएका अपराधिक कृयाकलाप नियन्त्रण थाल्न उपत्यकामा आजदेखि अन्तरक्रिया अभियान शुरु गरेको छ । अभियानको शुभारम्भ ललितपुरको लगनखेलमाबाट शुरु गरिएको हो ।
यातायत व्यवसायी, मजदुर संगठनको पहलमा उसले यातायत सेवा सुरक्षा साझा अभियान शुरु गरेको हो । यसअघि ५ दिनसम्म सवारी साधनमा गोप्य रुपमा प्रहरी राखेर उसले  समस्याहरु पहिचान गरेको थियो ।
पाकेटमार, विद्यार्थी नक्कली परिचयपत्र बोक्ने, माइक्रो बसभित्र धुमपान गर्ने, महिलालाई अभद्र व्यवहार गर्ने जस्ता अपराध नियन्त्रणका लागि सो अभियान थालिएको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए ।
त्यस्ता गतिविधिमा संलग्नलाई सार्वजनिक मुद्दा चलाइने उनले बताए ।  सार्वजनिक यातायतमा अपराधिक कृयाकलाप गर्नेहरुको दिन गएको उनले सुनाए । लगनखेलमा आज भइको कार्यक्रममा ट्याक्सी चालक, टेम्पो, चालक, माइक्रो बस चालक लगायतकाले आफूले खेप्दै आएको पीडा सुनाएका थिए ।