मुम्बई । आमा बनेपछि निकै वर्ष लाइमलाइटबाट टाढा भएकी नीला आँखावाली अभिनेत्रीले कमब्याक प्रोजेक्टबारे धेरैलाई धेरै समयसम्म अनुमान गर्न लगाएर आखिरमा ‘जब्बा’ लाई रोजिन् ।

त्यसको कामले गति लिँदै गएपछि ऐश्वर्या राय अरु फिल्मतिर पनि तानिएकी छन् । त्रिकोणात्मक प्रेम सम्बन्धलाई लिएर फिल्म बनाउँन खप्पिस निर्माता/निर्देशक करण जौहरले उनलाई आफ्नो ड्रिम प्रोजेक्टमा अनुबन्ध गरेका छन् ।

‘ऐ दिल है मुश्किल’ मा रणवीर कपुर र अनुष्का शर्मा पनि हुनेछन् । ऐश्वर्याका अनुसार, ‘यो फिल्मको केन्द्रमा प्रेमकथा नै हुनेछ र त्यो निकै वास्तविक ढंगबाट पर्दामा उतारिँदै छ ।’

करणले यो फिल्मलाई कसरी प्रस्तुत गर्ने सोचेका छन् भन्नेबारे मलाई अझै केही थाहा त छैन र सुटिङ सुरु भइसकेपछि मैले त्यसबारेमा जानकारी पाउँन सकुला,  उनले एउटा अन्तरवार्तामा भनेकी छन् ।एजेन्सी