२३ असार, काठमाडौ । संम्युत्त अरब एमिरेट्स (युएई) स्थित नेपाली दूतावासले शुन्य लागत बाहेकका नयाँ कामदार मागपत्र स्वीकृत नगर्ने जनाएको छ ।

नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपालीलाई शुन्य लागत खर्चमा मात्र युएई सहित खाडीका ६ देश र मलेसियामा लैजानु पर्ने निर्णय लागु गरेको भन्दै शुन्य लागत बाहेकका अन्य मागपत्र दूतावासले प्रमाणीकरण नगर्ने दूतावासकी श्रम-सहचारी हिरा कुमारी यादवले  जानकारी दिनुभयो  । सरकारले शुन्य लागत बाहेकका अन्य कामदार मागपत्र आएमा स्वीकृत नगर्नु भनेकोले दूतावासले त्यही निर्णय कार्यान्वयन गरेको यादवको भनाई छ ।

श्रमसहचारी यावदले ‘शुन्य लागत बाहेक कामदार मागपत्रमा के के विवरण उल्लेख गर्ने’ भन्ने पूर्ण विवरण अहिलेसम्म दूतावासमा नआएकोले न्युनतम लागत खर्च लाग्ने बाहेकका अन्य मागपत्र प्रमाणीकरण नगरेको बताउनुभयो । यहाँका कम्पनीहरुले म्यानपावर एजेन्सीलाई कामदार ल्याए बापतको सेवा शुल्क सहित फ्री भिसा र फ्री हवाइ टिकट उपलब्ध गराए मात्र शुन्य लागतमा कामदार युएई आउन सक्नेछन् ।