अमेरिकाले आगामी दुई वर्षभित्र भारी मात्रामा सैनिक कटौती गर्ने निर्णय गरेको छ ।

खर्च कटौतीका लागि आगामी दुई वर्षभित्र ४० हजार सैनिक कटौती गर्ने निर्णय गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले १७ हजार गैरसैनिकको पनि कटौती गर्ने निर्णय गरेको जनाएको छ ।

यो निर्णयसँगै अब अमेरिकी सेनाको संख्या सन्२०१७ मा साढे चार लाखमा सीमित हुनेछ । अमेरिकाले यसअघि इराक र सिरिया संकटका लागि पाँच लाख सैनिक थप गरेको थियो । अमेरिकामा सन् २००१ मा भएको आतंकवादी हमलापछि सैनिकको संख्या ४ लाख ८० हजार पुर्‍याइएको थियो ।- एजेन्सी