२२ असार,काठमाडौं । नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने माग राख्दै नेपालले आज संविधानसभा घेराउ गर्ने भएको छ । देशलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने मागसहित संघीयता, गणतन्त्रलगायतका विषयलाई जनमत संग्रहमार्फत टुंग्याइनुपर्ने, फरक मतको सम्मान हुनुपर्ने लगायतको समेत माग राख्दै राप्रपा नेपालले संविधानसभा घेराउ गर्न लागेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष कमल थापाको नेतृत्वमा शीर्ष नेताहरु, केन्द्रीय सदस्य, सभासद तथा कार्यकर्ताहरु दिउँसो १२ बजे बबरमहलमा भेला भएर जुलुससहित उिँसो १ बजे संविधानसभा घेराउ गर्न जाने कार्यक्रम छ । यसबाहेक आजै देशभरका जिल्ला सदरमुकामहरुमा प्रदर्शन र सभा गर्ने कार्यक्रम समेत रहेको छ ।