एजेन्सी असार २१ । अन्तर्राष्ट्रिय ऋणदाताहरुको शर्त मान्य नहुने बताउँदै आएको ग्रीक सरकारको अडानप्रति अत्याधिक मतदाताले समर्थन जनाएका छन्।

ऋणदाताहरुको शर्तबारे भएको जनमत संग्रहमा ६० प्रतिशतभन्दा बढी मतदाताले “हुन्न” भन्ने पक्षमा मतदान गरेका हुन्।

मतदाताहरुले निर्णायक ढंगले ऋणदाताहरुको शर्तलाई अस्वीकार गरिदिएको जनमत संग्रहले देखाएको छ।

आन्तरिक मामिलासम्बन्धी मन्त्रालयद्वारा प्रकाशित विवरणअनुसार “हुन्न” भन्ने पक्षमा ६१ प्रतिशत र “हुन्छ” को पक्षमा ३९ प्रतिशत मत खसेको छ।

“अपमानजनक”

मलाई लाग्छ स्पेन, ब्रिटेन र पोर्चुगलका जनताले हामीहरुबाट पाठ सिक्नुपर्छ र युरोपको इतिहास बदल्नुपर्छ

एकजना मतदाता

“हुन्न” भन्ने पक्षमा मतदान गरेका केही मतदाताहरुले भने, “हुन्न” भन्दै लोकतन्त्रले जितेको छ, ग्रीसले जितेको छ, महिला मतदाताले भनिन- मैले केही गर्व महसुस गरिरहेकी छु किनकि युरोपमा परिवर्तन हुनुपर्ने बेला आएको छ, मलाई लाग्छ स्पेन, ब्रिटेन र पोर्चुगलका जनताले हामीहरुबाट पाठ सिक्नुपर्छ र युरोपको इतिहास बदल्नुपर्छ।”

सत्तारुढ सिरिजा पार्टीले ऋणदाताहरुको शर्त अपमानजनक भएको भन्दै “हुन्न” भन्ने पक्षमा मतदान गर्न अभियान चलाएको थियो।

तर त्यस विपरीत धारणा राख्नेहरुले “हुन्न” भन्ने पक्षमा मतदान गरिए ग्रीस युरोमुद्रा प्रचलनमा रहेको युरोजोनबाट बाहिरिन सक्ने तर्क गर्दै आएका छन्।

भोलिसम्म ग्रीस पुनः वार्ताको टेबुलमा फर्किने छ र मुलुकको आर्थिक स्थिरता पुनर्बहाली गर्ने हाम्रो प्राथमिकता हुनेछ

एलेक्सिस सीप्रास, प्रधानमन्त्री, ग्रीस

आइतबार अबेर ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले “एकताबद्ध र लोकतान्त्रिक” युरोपको पक्षमा ग्रीसले मतदान गरेको बताए।

प्राथमिकता

nullप्रधानमन्त्री सीप्रासले अन्तर्राष्ट्रिय शर्तहरु अपमानजनक भएको बताउँदै आएका छन्

टेलिभिजन संबोधनमा उनले भने, “भोलिसम्म ग्रीस पुनः वार्ताको टेबुलमा फर्किने छ र मुलुकको आर्थिक स्थिरता पुनर्बहाली गर्ने हाम्रो प्राथमिकता हुनेछ।”

सीप्रासले अगाडि थपे, “यसपटक हामीले ऋणसम्बन्धी विषयलाई वार्ताको टेबुलमा उठाउने छौँ, अन्तर्राष्ट्रिष मुद्रा कोषले यसै साता प्रकाशित गरेको लेखाजोखाबाट ऋणबारे पुनर्संरचना गर्नुपर्ने ग्रीक धारणा आवश्यक रहेको पुष्टि भएको छ।”

तर केही युरोपेली अधिकारीहरुले “हुन्न” भन्ने पक्षमा आएको नतिजालाई ऋणदाताहरुसँगको वार्तालाई अस्वीकृत गरिएको रुपमा हेरिने बताएका छन्।

युरो समूहका प्रमुख यरुन डाइसल ब्लुमले जनमत संग्रहको नतिजा “ग्रीसको भविष्यका लागि निकै दुःखद”भएको प्रतिक्रिया दिए।