एजेन्सी । डिफेण्डिङ च्याम्पीयन जापानमाथि गोलको वर्ष गर्दै अमेरिकाले महिला विश्वकपको उपाधि उचालेको छ ।

सोमबार बिहान भएको फाइनल खेलमा अमेरिकाले जापानमाथि ५–२ गोलको विजय प्राप्त गरेको हो । अमेरिकाले जापानका खेलाडीलाई चर्को दवावमा राख्यो ।

mahila bishwocup

खेलको पहिलो हाफमै अमेरिकाले चार गोल गर्दा जापानका खेलाडी नर्मस भएका थिए । सम्हालीने प्रयासुमा जापानले पहिलो हाफमा एक गोल गरेको थियो ।

दोस्रो हाफमा अमेरिका र जापानले एक एक गोल गरे र अमेरिकाले उपाधि कब्जा गर्न सफल भयो ।

mahila bishwocup1

यसअघि भएको खेलमा इंग्ल्याण्ड महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति भएको खेलमा जर्मनीलाई १–० ले पराजित गर्दै इंग्ल्याण्ड तेस्रो भएको हो ।