बागलुङ: गए राती घरमै सुतिरहेको अवस्थामा सर्पको टोकाइबाट एक किशोरको मृत्‍यु भएको छ।

मालिका गाविस दुईका १७ वर्षीय आशीक सापकोटाको सर्पको टोकाइबाट मृत्‍यु भएको आफन्तले बताए।

सर्पको टोकाइबाट गम्भिर भएका सपकोटालाई तत्काल उपचारका लागि धौलागिरी अञ्‍चल अस्पतालमा ल्याइएको थियो।