काठमाडौं, असार २० । मोबाइलबाट ट्राफिक प्रहरीको १०३  फोन गर्न सकिने व्यवस्था मिलाएको छ ।
ट्राफिक प्रहरी महाशाखाको सिसिटिभी  कण्ट्रोल रुममा रहेको १०३ नं. को फोनमा हाल सम्म नेपाल टेलिकमबाट मात्र निशुल्क फोन सम्पर्क हुँदै आएको थियो ।
सर्वसाधारणको अनुरोधलाई मध्यनजर गर्दै आजबाट एनसेलबाट पनि निशुल्क १०३ नं मा फोन गरी घटना तथा गुनासोको टिपाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ ।