काठमाडौं, असार २० । एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको काम देखेर विदेशीहरु पनि चकित परेको बताएका छन् ।
पार्टी निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघले शनिबार पार्टी मुख्यालय बल्खुमा आयोजना गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ओलीले भने, भूकम्पपछिको विपद्को अवस्थामा एमालेले उद्धार राहत तथा पुनस्र्थापनामा दिनरात काम गरिरहेको छ। एमालेको काम देखेर विदेशी पनि चकित परेका छन् ।
एमालेमा धेरै थिङक ट्यांक रहेको बताए। एमालेले लिएको बैचारिक अडानको जित भएको र संगठन शशक्त भएको ओलीले बताए। ओलीले गैरसरकारी तवरले यति स्वंसेवा कुनै संगठनले गर्न नसकेको बताए। ओलीले अहिले पनि आफ्नो पार्टीले निर्माण गरेको अस्थाई टहरा तथा विद्यालय हस्तान्तरण कार्यक्रम जारी रहेको बताए।
कार्यक्रममा नेपाल ट्रेडयुनिनम महासंघका अध्यक्ष बिष्णु रिमालले एमाले केन्द्रीय प्रकृति प्रकोप कोषमा मजदूरहरुको एक दिन देखि तीन दिनसम्मको तलव काटेर कोषमा रकम जम्मा गरेको बताए। रिमालले ५ लाख ५५ हजार ५ सय ५५ को चेक अध्यक्ष ओलीलाई हस्तान्तरण गरे।