काठमाडौं, असार २० । दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान १० बजेर ७ मीनेटमा दोलखाको जुगुलाई केन्द्र विन्दु बनाएर ४.२ रेक्टरस्केल म्याग्नेच्यूटको धक्का महसुस भएको हो।

यसअघि पनि आइतबार बिहान एक बजेर २७ मीनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.४ रेक्टरस्केल म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।

वैशाख १२ गते गएको भूकम्पपछि अझैपनि त्यसका परकम्प रोकिएको छैन।