भैरहवा असार २० । नागरिक उड्डयन प्राधिकरणले बहुप्रतिष्ठीत निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल मातहतको खाली जग्गामा धान रोपाई गर्ने किसानलाई कार्वाही गर्ने चेतावनी दिएको छ ।
विमानस्थल (एयरपोर्ट) क्षेत्र विस्तार गर्नेक्रममा अधिग्रहणमा परेको जग्गाको सरकारबाट मुअव्जा (पैंसा) लिईसकेपछि पनि धान रोपाई गर्ने अटेर किसान कार्वाहीमा पर्ने भएका हुन ।
२०१७ सालमा भैरहवा शान्तिनगरको घाँसे मैदानबाट सेवा शुरु भएको विमानस्थल विस्तार हुनेक्रममा जग्गा अधिग्रहण गर्ने र निर्माणको कार्य अझै जारी छ ।
२०२१सालमा स्थानान्तरण भई हाल सिद्धार्थनगर नगरपालिका वडा नं.४ बाट संचालनमा आएसंगै सरकारले चरणबद्ध रुपमा यसक्षेत्रमा चारपटक सर्वसाधारणको जग्गा अधिग्रहण गरि मुअव्जा समेत दिएको छ ।
तर पछिलो चौथो चरणमा अधिग्रहण भएको अधिकांश जग्गामा किसानले हिउँदे तथा वर्षे खेतीबाली लगाउदैं आएका छन् ।
‘किसानलाई धान नरोप्न अनुरोध गरेका छौं, फाँटफूट धान रोपेका किसानको खेतको हाली (मेड) काटिदिएका छौं । अब अटेर किसानलाई कार्वाही गर्छौ ।’ आयोजना निर्देशक मुरारी शर्मा भने ।
हिउँदमा किसानले एयरपोर्टको जग्गामा गहुँ, तोरी खेती गरेर बाली घरमा भित्र्याएका थिए । अहिले पनि केहि किसानले एयरपोटमा पर्ने केहि ठाउँमा फाटफूट धानको व्याड राखेको र चारजना किसानले धान रोपाई गरिसकेका छन् ।
‘हिउदमै गहुँतोरी लगाउने वेलामा नै हामीले किसानलाई सम्झाएर अब खेती नगर्न भनेको उनले बताए । सरकारले अधिग्रहण बापत किसानलाई पैसा दिएर जग्गाको हक अधिकार नाम मेटाएर एयरपोर्टको नाममा जग्गाधनी प्रमाणपुर्जा दर्ता कायम गरिसकेको छ ।
निर्माणधिन अन्तरराष्ट्रिय विमानस्थल क्षेत्रभित्र धान रोपेको देखिनु असोभनिय हुदा तुरुन्तै खेतको आली काट्न मान्छे खटाएको र कसैलाई पनि धान रोप्न वा अन्य खेतीवाली केहिपनि लगाउन नदिन कडाईका साथ निगरानी बढाएको उपनिर्देशक ओम शर्माले जानकारीदिए ।
यसैविचमा निर्माणाधिन अन्तरराष्ट्रिय विमानस्थलको घाघरा खोलादेखि उत्तर पूर्वीपट्टि एकसय ३७ विगाहा जग्गा अधिग्रहण गर्ने प्रक्रिया समेत अगाडी बढेको छ ।
अन्तरराष्ट्रिय जहाज राख्ने घर (हेगर), जहाज मर्मत केन्द्र (मेन्टिनियन्स सेन्टर), आयल निगमको डिपो (फूयुल फर्म)लगायत अन्य सेवा विस्तारका लागि जग्गा १३७ विगाहा जग्गा अधिग्रहण गर्ने योजना छ ।
‘नयाँ बजेटमा पैसा माग गरिएको छ, वजेट आएसंगै जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढाउने र किसानलाई मुअव्जा वितरण गर्ने योजना छ ।’ उपनिर्देशक शर्माले भने ।
अधिग्रहणमा परेका किसान एवं जग्गाधनीहरु मध्ये अझसम्म केहिले मुअव्जा रकम लिएका छैनन । पहिलैदेखि विदेशमा गएका रहेका, आफनै दाजुभाईमा अंश विवाद र अदालतको अन्तिम फैसलाको टुंगो नलागेका व्यत्तिहरुले भने अझै जग्गाको मुअव्जा रकम पाउन सकेका छैनन । केहिले कम पैसा भएको गुनासो गर्दै चित नबुझेर पैसा लिएका छैनन ।
सरकारले जग्गा अधिग्रहणका लागि आवश्यक पर्ने सवै रकम निकासा गरीसकेको र नवुझेकाको रकम संचित खातामा नै सुरक्षीत राखिएको नेपाल नागरिक उडडयन प्राधिकारणका कर्मचारीले बताए ।
पचासवर्ष पहिले शान्तिनगरमा घाँसे मैदानबाट अप्रेसन शुरु गरेको भैरहवास्थित गौतमबुद्ध विमानस्थल धेरै उतारचढाव एवं दवावकाविच पटक–पटक स्तरवृद्धि गर्दै हाल माघदेखि बैकल्पीक अन्तराष्ट्रिय विमानस्थलका रुपमा निर्माण कार्य थालिएको छ ।
यसैविचमा सन् २०१७को डिसेम्वर अर्थात अबको तीनवर्षमा यहाँबाट अन्तराष्ट्रिय विमानहरु संचालनमा ल्याई वार्षीक २०लाख पर्यटक लुम्विनी भित्रयाउने महत्वकाक्षी योजना अनुरुप विमानस्थलको भौतिक निर्माण कार्य तिव्रगतिमा अगाडी बढेको छ ।
आयोजनाको कार्यालय, ठेकेदार कार्यालय र प्रयोगशालाको भवन तथा उच्च अधिकारीको आवास भवन निर्माण सम्पन्न भएका छन् । बुधवारदेखि उक्त नवनिर्मीत भवनमा कार्यालय सरेको छ । नजिकै कार्यालय सरेपछि काम गुणस्तर तथा भुकम्पप्रतिरोधी वनाउने कार्यको निगरानी गर्न धेरै सजिलो भएको कर्मचारी तथा ठेकेदारले बताए ।
प्रथम चरणमा विमानस्थलको रनवे, ट्याक्सी वे, अन्तर्राष्ट्रिय टर्मिनल भवन, टावर, प्रशासकिय भवन, आन्तरीक तथा बाह्य पेरीफेरी सडक, एअर कार्गो बिल्डींग, सुरक्षा पोष्ट भवन, बिमानस्थल सडक, घाघरा नदि डाईभर्सन लगायतका भौतिक निर्माणको चरणमा छन् ।
सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा तीनवर्षभित्रै विमानस्थल निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । सन २०१७ डिसेम्वरसम्म निर्माण सम्पन्न गर्न ठेकेदारले पनि तिव्रगतिमा काम गरिरहेको छ ।
तिनवर्षभित्र विमानस्थलबाट अप्रेसन सेवा दिन चाईना साउथ वेस्ट कन्ट्रक्सन ग्रुपले तिव्रगतिमा काम अगाडी वढाएको छ । एशियाली विकास बैक तथा नेपाल सरकारले प्रथम चरणको योजना सम्पन्न गर्नकालागि ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैया ९१ पैसा लगानी रहेको छ ।