एजेन्सी : शुक्रबार बिहान चीनमा गएको भूकम्पमा परेर चारजनाको मृत्यु भएको छ । शुक्रबार बिहान गएको ६.१ म्याग्निच्यूडमा परेर चारजनाको ज्यान जानुका साथै करिब ५० जना घाइते भएका छन् ।

चीनको पश्चिमी प्रान्त सिन्जियाङमा शुक्रबार बिहान ९ बजेर ७ मिनेटमा भूकम्पको धक्का महसुस भएको अमेरिकन भूगर्भ विभागले जनाएको थियो । भूकम्पले केही अपार्टमेन्टसहितका संरचना भत्केका छन् ।

भूकम्पबाट केही भौतिक संरचनामा समेत क्षति पुगेको छ । भूकम्पपछि त्यहाँ परकम्पनसमेत गइरहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ भूकम्प नेट्वर्क केन्द्रले भने ६.४ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।