काठमाडौं: मोबाइल निर्माता कम्पनी जियोनीले भूकम्प पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
जियोनीका अध्यक्ष विलियम लुले प्रधानमन्त्री सुशील कोइरालालाई रकम हस्तान्तरण गरेका हुन्।
प्रधानमन्त्री कोइरालासँगको भेटमा लुले नेपालमा भूकम्पपीडितप्रति जियोनीका तर्फबाट सहानुभूति व्यक्त गरेका थिए।
भूकम्पपीडितलाई सघाउन जियोनीले ‘जियोनी सहयोगी हात कोष’ स्थापना गरेको छ।
कोषमा जियोनीले पाँच लाख रुपैयाँ जम्मा गरेको छ। त्यस्तै भक्तपुरमा २५ वटा अस्थायी घर निर्माण गरिदिने जियोनीले जनाएको छ।
लुले भक्तपुरमा पुगेर केही अस्थायी घर स्थानीय विकास समितिका कोषाध्यक्ष रोशन भयाद्योलाई हस्तान्तरण गरेका छन।
आगामी तीन महिनामा हरेक जियोनी फोनको बिक्रीमा ५० रुपैयाँ कोषमा जम्मा गरिदिने मिस नेपाल इभाना मानन्धरले बताइन।
बालमन्दिरमा रहेका पाँच जना बालबालिकाको शिक्षा तथा पालनपोषणमा कोषमा जम्मा भएको रकम उपलब्ध गराइने जियोनीले जनाएको छ।