सिरिया : इराक एवं सिरिया लगायतमा आतंक मच्चाउदै आएको आतंककारी संगठन आइएसका लडाकूले बन्धक बनाएकाहरुलाई हत्या पुर्व प्रायः सुन्तला रगंको पोशाक लगाइदिने गरेका छन् ।
कालो पोसाकमा देखिने आइएस लडाकुले कैयन क्रुर हत्यापछि सार्वजनिक तस्बिर एवं भिडियोमा सुन्तला रङको पोशाक लगाइदिएर बन्धकको हत्या गर्ने गरेको छ ।
तर त्यसको ठिक उल्टो, हालै जैश-ए-इस्लाम नामक सिरियन आतकंकारी संगठनका लडाकूले सुन्तला रगंको पोशाक लगाएर १८ आइएस लडाकूको हत्या गरेका छन् ।  आइएस लडाकूले तीन जैश-ए-इस्लाम लडाकुको हत्या गरेपछि उसले पनि १८ आइएस लडाकूको हत्या गरेको बताइएको छ ।
आइएसले सिरियाका राष्ट्रपति बशर अल असदलाई सहयोग गरेको र सुन्नी मुसलमानलाई धोका दिएको कारण पनि ती लडाकुको हत्या गरिएको समाचारमा उल्लेख गरिएको छ । २५ हजारको सख्यामा बफदार सैनिक रहेको दाबी गर्ने जैश-ए-इस्लामले आफुलाई स्वघोषित स्लामको सेना बताउदै आएको छ ।