काठमाडौं १७ असार । भुकम्पका कारण रोकिएको यातायात सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षा सुरु भएको छ । वैशाख १२ गतेको भूकम्पपछि ट्रायल परीक्षा लिने गरेको नेशनल ट्रेडिङ लिमिटेडको परिसरमा राहत सामग्री राखिएकाले ट्रायल परीक्षा रोकिएको थियो ।

त्यहाँबाट राहत रामग्री हटाएपछि ट्रायल परीक्षा सुरु भएको व्यवस्था कार्यालयले जनाएको छ । यातायात व्यवस्था कार्यलयका प्रमुख उमेश बस्नेतले ट्रायल उत्तिर्ण गर्नेले राजस्व बुझाएको एक घण्टाभित्र नयाँ अनुमतिपत्र निकाल्न सक्ने व्यवस्था मिलाइएको बताएका छन् ।

कार्यालयले लिखित परीक्षा सकिनासाथ तत्काल नतिजा प्रकाशनको व्यवस्था पनि मिलाएको छ । कार्यालयमा सेवाग्राहीको समस्या छिटो छरितो रुपमा समाधान गर्न सहयोगी कक्ष तथा गुनासो सुन्ने बेग्लै अधिकारीको व्यवस्था गरिएको छ ।