१७ असार, काठमाडौं । कृषि मन्त्री हरि पराजुलीले राजीनामा दिएपछि एमालेभित्र नयाँ कृषि मन्त्रीको खोजी भएको छ ।

एमालेका केन्द्रीय नेताहरु नयाँ मन्त्री नियुक्तिका लागि परामर्शमा जुटेका छन् । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले किसान नेता बलराम बास्कोटालाई सिफारिस गरेका छन् भने अन्य नेताहरु पुराना नेता सोमनाथ प्यासीलाई मन्त्री बनाउने पक्षमा देखिएका छन् । यसअघि पनि किसान महासंघका तर्फबाट हरि पराजुलीलाई मन्त्री बनाइएका कारण बास्कोटाकै मन्त्री बन्ने सम्भावना बढी रहेको स्रोतको दाबी छ ।

असार १५ को रोपाईँ कार्यक्रममा महिलामाथि अश्लिल व्यवहार गरेको भन्दै आलोचना भएपछि कृषि मन्त्री पराजुलीले राजीनामा दिएका थिए । उनको राजीनामा आज औपचारिक रुपमा स्वीकृत हुँदैछ ।