असार १७, काठमाडौं । असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाई कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषिमन्त्री हरि पराजुलीले राजिनामा पार्टी अध्यक्ष केपी ओलीलाई बुझाउनुभएको एमाले स्रोतले जनाएको छ । महिलामाथि अशोभनीय व्यवहार गरेको भन्दै चौतर्फी आलोचना भएपछि पराजुलीले पार्टी अध्यक्ष ओली निवास पुगेर पद छाडेको जानकारी गराउनुभएको एमालेका एक शीर्ष नेताले जानकारी दिए ।

पराजुलीले पदीय मर्यादा विपरित अशोभनीय र अभद्र व्यवहार गरेको भन्दै पार्टीले फिर्ता बोलाउने संकेत गरेपछि उहाँले राजिनामा दिनुभएको हो ।