१७ असार, काठमाडौं । दोश्रो टी–ट्वान्टी क्रिकेटमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग १०३ रनको फराकिलो हार ब्यहोरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
जवाफमा मैदानमा उत्रेको नेपाल १७ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटिएपछि फराकिलो हार ब्यहोरेको हो ।
टस जितेर पहिले फिल्डिङमा जाने नेपाली कप्तान पारस खड्काको निर्णय गलत सावित भयो । नेदरल्यान्ड्विरुद्धको  खेलमा नेपाली बलर र ब्याट्म्यान दुबै फ्लप भए ।
नेपालका लागि शरद भेसवकारले सर्वाधिक १८ रन जोडे । अन्य खेलाडीको प्रदर्शन बिर्सन लायक रह्यो । नेपालका लागि सोमपाल कामीले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउँदै सिंगल स्कोर क्रस गर्न सफल भए ।
नेपालका अन्य खेलाडीलाई नेदरल्यान्ड्सका बलरले पानी पिउन दिएनन् । सुबास खकुरेलले ६ रन बनाए । अन्य भरपर्दा खेलाडीहरु विनोद भण्डारी, कप्तान पारस खड्का र बसन्त रेग्मी र अविनाश कर्णले समान व्यक्ति २/२ रनमात्र बनाउन सके ।
राजेश पुलामी र प्रदीप ऐरीले खातै खोल्न नपाई पेभेलियन फर्के । अन्तिमक्रममा शरद भेसवकारले १८ र नटआउट रहेका करण केसीले २ रन बनाए ।
यसअघि नेदरल्याण्ड्सको आम्सटालभिनमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको घरेलु टोलीले पुरै ओभर खेल्दै ४ विकेटको क्षतिमा १ सय ७२ रन जोडेको थियोे ।
नेपाली बलरले फितलो प्रदर्शन गर्दा घरेलु टोलीले विशाल स्कोर बनायो । नेपालका बलरहरु चल्न नसकेपछि नेदरल्याण्ड्सले नेपाललाइ विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि सोमपाल कामीले २ तथा अविनाश कर्ण र करण केसीले १/१ विकेट लिन सफल भए ।
मध्यम सुरुवात गरेको घरेलु टोली १५ ओभरपछि भने निकै आक्रमक प्रस्तुत भएको थियो । उसका लागि ओपनर ब्याटसम्यान माइकल स्वार्टले अविजित ७६ र वेन कोपरले आक्रमक पारी खेल्दै ४६ बलमा ६६ रन जोडन सफल रहे ।
यि दुई ब्याटसम्यानले १ सय ३१ रनको साझेदारी गरे । १९ औँ ओभरमा ब्याटिङ गर्न मैदान आएका वेस्ली वेरिसले मात्र ३ बलको सामना गर्दै १२ रन जोडे ।  नेपालले अब नेदरल्याण्डसँग २ वटा टी–ट्वान्टी म्याच खेल्नेछ ।