लमजुङ, असार १६ । लमजुङको सुन्दरबजार नगरपालिकाकी १४ बर्षिया सुस्त मनस्थिती भएकी बालिका बलात्कार गर्ने अभियुक्तलाई थप अनुसन्धानका लागि अदालतले एक हप्ता म्याद थप गरेको छ ।

गत जेठ १२ गते दिउँसो पीडित बालिकाको कोठामा गएर बलात्कार गरेको आरोपमा सुन्दरबजारका ३८ वर्षीय राजु दर्जी परियारलाई पीडित बालिकाको आफन्तले दिएकाे निवेदनका आधारमा प्रहरी पक्राउ परेको थियो ।

अभियुक्त राजु दर्जी परियारलाईमाथि अनुसन्धान भईरहेको प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।