१६ असार, काठमाडौं। अपि पावर कम्पनीले तीस लाख कित्ता साधरण सेयर जारी गर्ने भएको छ । कम्पनीले गत साता धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । एनआईविएल क्यापिटल मार्केट्सको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीले एक महिनाभित्रमा  साधरण सेयर जारी गर्ने तयारी गरेको छ ।

 

कम्पनीले दार्चुला र बैतडीको बीचबाट बग्ने नौगड गाड नदीमा आठ दशमलव पाँच मेगावाटको नौगड गाड साना जलिवद्युत आयोजना निर्माण गरि रहेको छ ।

आयोजनाको कूल लागत १ अर्ब ३९ करोड ८० लाख रुपैयाँ रहेको छ । जसमा ९८ करोड रुपैयाँ नेपाल बैंकको नेतृत्वमा प्राइम बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबिआई बैंकले सहवित्तीयकरणँमा संयुक्त लगानी गरेका छन ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये ६० करोड रुपैयाँ प्रवद्र्धकहरुले चुक्ता गरिसकेको छन भने १० करोड स्थानीयबाट र ३० करोड सर्वसाधारणँबाट उठाइने भएको छ।

कम्पनीको जारी पूँजी एक अर्ब मध्ये ४० प्रतिशत सर्वसाधारणमा वितरण गर्न लागिएको हो ।

रिलायबल माइक्रोफाइनान्स

लमजुङको बेसिसहरमा मुख्य कार्यालय रहेको माइक्रोफाइनान्सले एक लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । यसमध्ये सात हजार पाँच सय कित्ता सामूहिक लगानी कोषलाई बाडफाँट भइसकेको छ । त्यस्तै सस्थाका कर्मचारीलाई तीन हजार कित्ता सेयर सुरक्षित गरिएको छ । एक लाख ३९ हजार पाँच सय कित्ता सर्वसाधारण लगानी कर्ताले पाउछन् ।

कम्पनीको चुक्तापूँजी पाँच करोड रुपैयाँ रहेको छ । यसमध्ये सस्थापक समूहको ७० प्रतिसत अर्थात तीन करोड ५० लाख रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिसत अर्थात एक करोड ५० लाख रुपैयाँ बराबर लगानी हुनेछ ।

वोमी माइक्रोफाइन्स

वोमी माइक्रोफाइन्सले एक लाख ४७ हजार साधारणँ सेयर मध्ये चार हजार चार सय १० कित्ता कर्मचारीका लागि र सात हजार तीन सय ५० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । यो माइक्रोफाइनान्समा सस्थापक समूहको ५१ प्रतिसत लगानी छ भने सर्वसाधारण समूहका लागि ४९ प्रतिसत छुट्याइएको छ । सस्थाको चुक्ता पूजी तीन करोड रुपैयाँ रहेको छ ।