मुम्बई। बलिउड चर्चित अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेटर विराट कोहोलीले  प्रेमलाई विवाहमा परिणत गर्ने खबर आएको छ। भारतीय संचारमाध्यमका अनुसार अनुष्का र विराटले आगामी वर्ष २०१६ विवाह गर्ने संभावना रहेको छ। अनुष्का र विराटको विहाव भएसँगै अनुष्काले बलिउड फिल्म उद्योग छोड्ने संचारमाध्यमले जनाएका छन्।
 ‘मैले आगामी वर्ष फिल्म उद्योग छोड्नुपर्ने हुनसक्छ,’ अनुष्काले भनिन, ‘परिवारका अगाडि मेरा लागि काम ठुलो होइन। अहिलेसम्म म आफ्नो कामबाट सन्तुष्ट छु। जहिलेसम्म कामबाट सन्तुष्ट लिनसक्छु तबसम्म मात्र काम गर्छु।’ समाचारमा जनाइए अनुसार विराटसँग विवाह गरेपछि अनुष्काले परिवार सम्हाल्ने इच्छा व्यक्त गरेकी छिन्। विवाह पछि अनुष्काले फिल्म उद्योग छोड्ने कुराले उनका शुभचिन्तक भने निराश भएका छन्।

अनुष्काको प्रेम सम्बन्ध क्रिकेटर विराट कोहोलीसम्म आइपुग्दा विवाह बन्धनमा बाँधिने चर्चा चलेको छ। विराट कोहोलीसँग एक स्याम्पुको विज्ञापनमा अभिनय गरेकी त्यसलगत्तै विराटसँग अफयर चलेको थियो। भारतीय संचारमाध्यमले जनाएका कुरा सत्य सावित भयो भने आगमी वर्ष उनीहरुको विवाह हुने पक्का छ।-एजेन्सी