इलाम, १६ असार । गएराति परेको अबिरल वर्षासँगै खोलामा आएको बाढीले बगाएर इलाममा एकको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता भएका छन् ।

झापाको दमक जाने क्रममा आज बिहान रतुवा खोलामा आएको बाढीले बगाएर चुलाचुली–६ का ४८ वर्षीय फूर्वा शेर्पाको मृत्यु भएको हो । त्यस्तै माइखोलाको बाढीले बगाएर महमाई-९ का ५३ वर्षीय सूर्यकुमार राई वेपत्ता भएका छन् । शेर्पाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने प्रहरीले जनाएको छ । शेर्पाको शव भेटिए पनि राईको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर पौडेलले जानकारी दिए । अबिरल वर्षात्का कारण यहाँका खोलाखोल्सीमा पानीको बहाव अत्यन्तै बढेको छ । रासस –