नेपालगंज २४ जेठ । जिल्ला प्रहरी कार्यालय बाँके र केन्द्रिय अनुसन्धान ब्युरोले सयुक्त अप्रेसन गरि आज नेपालगन्ज १ लाख ५० हजार भारतीय रुपैया सहति एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं.२५ सुर्जीगाउँबाट अं.वर्ष ४० का सुभाष भण्डारीलाई पक्राउ गरेको जनाएको छ । उनीबाट १ लाख ५० हजार नक्कली भारतीय रुपैया बरामद भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी सुशील सिंह राठौरले जानकारी दिए ।