एजेन्सी । भारतीय चर्चित नायिका आरती अग्रवालको उपचारका क्रममा निधन भएको छ । तेलंगु नायिका आरतीको ३१ वर्षको उमेरमा अमेरिकामा उपचारका क्रममा निधन भएको हो ।

छातीमा सामान्य समस्या देखिएपछि अमेरिकाको न्युजर्सी अस्पतालमा भर्ना गरिएको थियो ।

प्रेम सम्बन्धका कारण विवादमा आएपछि उनले केही वर्ष अघि आत्महत्याको प्रयास समेत गरेकी थिइन् ।

कलाकार तरुयासँगको प्रमका कारण विवाद र तनावमा परेकी उनी मनोपरामर्शका थिइन् । अमेरिकामै जन्मेकी आरतीले सन् २००१ मा फिल्म खेल्न थालेकी थिइन् ।

‘नुब्बु नाचु नचव’ उनको पहिलो चलचित्र हो भने यो फिल्म सफल फिल्ममा गनिन्छ । उनले करिव दुई दर्जन फिल्ममा नायिकाको भुमिका निभाएकी छिन् ।

उनको अन्तिम फिल्म रनम–२ शुक्रबारबाट मात्रै प्रदर्शन सुरु भएको छ ।