जेष्ठ २४,काठमाडौं।वैशाख १२ देखि जेठ २३ सम्मको ४३ दिनमा झन्डै साढे २० हजार वटा भूकम्पका धक्का गएका छन् ।  वैशाख १२ गते ११ः५६ मा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि शनिवार (२३ जेठ) सम्म ४ रेक्टर स्केलभन्दा माथिका ३ सय २ वटा पराकम्प गएका छन् ।
३ सय २ मध्ये ६ रेक्टर भन्दा माथिका ४ वटा पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका भुकम्पविद् मुकुन्द भट्टराईले बताए । ६ रेक्टरमाथिका पराकम्प गोरखा र दोलखा/सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर गएका थिए ।
सबभन्दा बढी दोलखा केन्द्रविन्दु बनाएर पराकम्पन गएका छन् । त्यस्तै, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखा, काभ्रे र काठमाडौंमा पनि बढी केन्द्रविन्दु बनेर पराकम्प गएको जानकारी भट्टराईले दिए ।