काठमाडौं, जेठ २२ -विनाशकारी भूकम्पसँगै हराएका २६९ जना अझै भेटिएका छैनन्। नेपाल प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली नागरिक १८९ र विदेशी नागरिक ८० जना छन्।उनीहरूको अवस्थाबारे अहिलेसम्म कुनै सूचना प्राप्त भएको छैन।उनीहरुको खोजी कार्य भइरहेको जानकारी सेनाले दिएको छ।
 वैशाख १२ र २९ को विनाशकारी भूकम्पमा परी शुक्रबारसम्म ८ हजार ७ सय १० जनाले ज्यान गुमाएका छन्।प्रहरीले शुक्रबार दिएको जानकारी अनुसार भूकम्पमा परी ८,७१० जनाको ज्यान गुमेको छ भने २२,४९३ जना घाइते भएका छन् ।
 भूकम्पबाट ज्यान गुमाउनेमा उपत्यकामा १७२९, पूर्वक्षेत्रमा ५८, मध्य क्षेत्रमा ६४६१, पश्चिम क्षेत्रमा ४५० र मध्य पश्चिम क्षेत्रमा २ जना रहेका छन् भने घाइते हुनेहरुमा उपत्यकामा १३०१७, पूर्व क्षेत्रमा ४५२, मध्य क्षेत्रमा ७७४४, पश्चिम क्षेत्रमा १२४२, मध्य पश्चिम क्षेत्रमा ३६ जना र सुदूर पश्चिम क्षेत्रमा २ जना रहेका छन्।मृतक ८६७१ जनाको शव आफन्तलाई बुझाइ सकिएको छ। घाइतेमध्ये ४४०५ जना विभिन्न अस्पतालमा उपचाररत छन् ।