२२ जेठ, काठमाडौं । एभिन्युज टेलिभिजनको कार्यालयमा आज बिहान आगलागी भएको छ । न्युज रुममा लागेको आगो पत्रकार र कर्मचारीले निभाएका थिए । खवर गरेको दुई घण्टासम्ममा पनि दमकल नआएपछि न्युज रुममा लागेको आगो पत्रकार र कर्मचारीले निभाएका हुन् । न्युज रुममा काम गरिरहेको बेला एसी पड्किएर आगलागी भएको एभिन्युजका पत्रकार बिनोद लामिछानेले जानकारी दिनुभयो । एक्कासी ठुलो आवाजका साथ धुवाको मुस्लो देखिएपछि न्युज रुममा कार्यरत पत्रकारहरु भागेका थिए । पछि आगोको लप्का देखेपछि दमकललाई खवर गरेको पत्रकार राजेन्द्र बानियाले बताउनुभयो ।क्षतिको विवरण भने आउन बाकि रहेको पत्रकार बानियाले बताउनुभयो ।