२२ जेठ,पोखरा।  कास्कीको लेखनाथ नगरपालिका १ स्थित वगदीखोलामा बोराभित्र वेवारिसे अवस्थामा छाडिएको १४ वटा सकेट बम फेला परेको छ।
 क्रसरवालाले खोलाको वालुवा उठाएर उद्योगमा ल्याएर खन्याउँदा भेटिएको वोरा खोतलेर हेर्दा सकेट बम फेला परेको थियो। उक्त बम द्वन्दको वेला माओवादीले छाडेको हुनसक्ने सुरक्षा निकायको आंशका छ।
लेखनाथको सिद्वी बिनायक क्रसरले रहेको ती वम डिस्पोज गर्नका लागि नेपाली सेनालाई खवर गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौरेले बताए।