२२ जेठ, काठमाडौं । फुटवलको विश्व वरियतामा नेपाल २ स्थान तल झरेको छ। फुटवलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियता अनुसार नेपाल १ सय ८३ औं स्थानमा रहेको छ।

अघिल्लो महिनाको बरियतामा नेपाल १ सय ८१ औं स्थानमा थियो। दक्षिण एशियाली देशमा ६ स्थान माथि उक्लदै भारत सबैभन्दा माथि छ। यस्तै १६ स्थान तल झर्दै दक्षिण एसियाको पावर हाउस अफगानिस्तान १५१औ स्थानमा आइपुगेको छ।

नेपालभन्दा पछाडि श्रीलंकामात्र रहेको छ। उसले आफ्नो वरियता २ स्थान सुधारेर १ सय ८६ औं स्थानमा पुगेको छ।

४ स्थान माथि उक्लदै भुटान १ सय ५९, ३ स्थान सुधारेर बंगलादेश १ सय ६६ औं र पाकिस्तान १ सय ७० स्थानमा पुगेका छन्। ३८ स्थान तल झरेको माल्दिभ्स १ सय ७८ औं स्थानमा छ।