काठमाडौं २१ जेठ । बलिउड नायिका प्रियंका चोपडा तिव्र रुपमा सफलताको सिढीमा चढिरहेकी छन् । उनी भारतसँगै अन्य देशहरुमा पनि उत्तिकै चर्चाको शिखरमा छिन् ।

अभिनय र आवाज उनको यो जादूको मुख्य हतियार हो । केही समयअघि एसियाकै सेक्सी महिलाको सूचीको पहिलो नम्बरमा दरिएकी उनी अहिले अर्को कुराले चर्चामा आएकी छन् ।

अब उनले एक अमेरिकी टिभी शो ‘क्वांटिको’ मा काम गर्ने निश्चित भएको छ । जति तिव्र रुपमा उनी सफलताको सिढी चढ्दैछिन् त्यति नै उनको बजार मूल्य पनि बढ्दै छ ।

उनले उक्त शो का लागि करिब १५ करोड भारतीय रुपैया अर्थात नेरु करिब २४ करोड रुपैया लिएको चर्चामा आएको छ । उनले अगामी महिनादेखि उक्त काम गर्नेछिन् ।