मुम्बई,२० जेठ । म्यागी चाउचाउमा मोडलिङ गरेका अमिताभ बच्चन, माधुरी दिक्षीत र प्रीति जिन्टा बिरुद्ध प्रहरीमा उजुरी परेको छ  ।

m

बिहारको मुजफ्फुरमा रहेको काजी मोहम्मदपुर प्रहरी थानामा उनिहरु बिरुद्ध उजुरी परेको छ भने आवश्यक परेको बेला उनिहरुलाई बोलाउन सकिने प्रहरीले बताएको छ ।

p

म्यागी चाउचाउमा घातक रसायनिक पदार्थ मिसाएको भन्दै एक जना वकिलले यसको उत्पादक कम्पनि के एमडी मोहनगुप्ता, ज्वाईन्ट डाइरेक्टर सबाब आलम र मोडलिङ गर्ने कलाकारको बिरुद्ध एफआईआर दर्ता गराएका थिए । प्रहरीेले अहिले यी सबै विषयमा छानबीन भईरहेको बताउँदै आवश्यक परे कार्वाही गर्ने जनाएको छ ।

a