२० जेठ,काठमाडौं ।  नेपाल भित्रिने मनसुन ढिलो हुने भएपछि अझै केही साता गर्मी सहनुपर्ने भएको छ। केही सातादेखि देशैभर बढेको तापक्रम तत्काल घट्ने कुनै संकेत नभएको मौसमविद्ले बताएका छन्।
hot
 वायुमण्डलीय तापमान बढ्ने क्रम नरोकिएका कारण जेठको तेस्रो सातामै राजधानीमा तीन वर्षयताकै सबैभन्दा धेरै अधिकतम तापक्रम (३३.५ डिग्री सेल्सियस) रेकर्ड भएको छ।
सन् २०१४ मा अधिकतम तापक्रम ३३.२ र २०१३ मा ३३.४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। अधिकतम तामक्रम सन् २०१२ मा भने ३५.२, २०११ मा ३२.४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। मौसमविद्हरूले यो वर्ष अझै तापक्रम माथि उक्लिन सक्ने अनुमान गरेका छन्।