१९ जेठ, काठमाडौ ।नारायणहिटी दरबार हत्याकाण्ड भएको आज १४ वर्ष पुग्दैछ । विसं २०५८ जेठ १९ गते शुक्रबारका दिन भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो । मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको यतिका वर्षसम्म पनि घटनाको वास्तविकता ओझेलमा परेको बेला, बेला बेलामा चर्चा हुने गरेको छ । दरबार हत्याकाण्डको १४ वर्ष हुँदासमेत उक्त हत्याकाण्ड रहस्यकै घेरामा रहेको छ ।