१९ जेठ, पोखरा । मुस्ताङको जोमसोमबाट पोखरा आएको गोमा एयरको विमान मंगलबार विहान अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ ।
अवतरणका क्रममा 9 N AKY विमानको अगाडिको भाग धावनमार्गमा ठोक्किँदा सामान्य क्षती भए पनि कुनै मानवीय क्षति नभएको पोखरा विमानस्थल प्रशासनले जानकारी दियोको छ । विमानमा १८ जना सवार थिए ।यो कुनै दुर्घटना होइन, विमानको अगाडिको ‘नोज’ सामान्य ठोक्किएको मात्रै हो, विमानस्थलका एक कर्मचारीले दैनीकलाई जानकारी दिय सबै यात्रुहरु सकुशल उत्रिएका छन् ।