१८ जेठ, काठमाडौं ।सरकारको आह्वानमा आाईतबारदेखि धेरै विद्यालयहरु सञ्चालनमा आए पनि पूर्ण क्षतिग्रस्त तथा अन्य बैकल्पिक भवन नभएका केहि बिद्यालयहरु भने अझै केहि दिनसम्म नचल्ने अवस्थामा रहेका छन् ।मुलुककै पुरानो र ऐतिहासिक रानीपोखरीको भानु माध्यमिक (दरबार स्कुल) र संस्कृत माविमा अझै पनि पर्याप्त अस्थायी टहरा बनेका छैनन्। टहरा बनाउने स्थानसमेत खोज्न नसक्दा ती स्कुलको पढाइ अनिश्चित बनेको छ।

भवन क्षतिग्रस्त भएका नक्सालको नन्दीरात्री, लगनखेलको नमुना मच्छिन्द्र, त्रिपुरेश्वरको विश्वनिकेतनलगायत थुप्रै स्कुलले अस्थायी टहरा बनाएका छन्।
 अस्थायी टहरा बनाएर स्कुल खोलेका र आफ्नै भवनमा पढाइ सञ्चालन गर्न सकिने स्कुलहरूले पनि पहिलोपटक विद्यार्थीलाई भूकम्पबाट नडराउन आग्रह गर्दै ढुक्कसँग पढ्न परामर्श दिएका छन्।