काठमाडौं असार १५ । तपाईको फेसवुक अकाउन्ट सुस्त गतीमा चल्छ? अब चिन्ता लिनु पर्दैन। एन्ड्रोइड फोनको लागि नयाँ एप्तलीकेशन आएको छ। ‘फेसवुक लाइट’ नामको एपको लागि जम्मा १३५ किलोवाइट स्टोरेज आबस्यक पर्छ।
 यो एपको माध्यमबाट इन्टरनेट सुस्त भएको अवस्थामा पनि मोवाइलमा सामान्य रुपमै फेसवुक चलाउन सकिनेछ। यो एप पहिला युरोपका प्रयोगकर्ताहरुबीच लगिएको थियो। त्यसपछि ४ जुनबाट ल्याटिन अमेरिका, अफ्रीका र अमेरिकाको बजारमा लगिएको छ। भारत र फिलिपिन्समा समेत आइसकेको छ।-एजेन्सी