काठमाडौं असार १५ । सुनचाँदीको भाउ घटेको छ । मंगलबार सुन तोलामा ३ सय रुपैयाँले घटेर तोलाको ५१ हजार ४ सय रुपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै चाँदीको भाउ ५ रुपैयाँ घटेर तोलाको ६ सय ८५ रुपैयाँमा किनबेच भएको व्यवसायीले बताएका छन् । सुनचाँदीको भाउमा गएको ३ दिनदेखि घटबढ भएको थिएन ।