काठमाडौं असार १५ । निमार्णका लागि बिगत १ बर्ष अघि बन्द गरिएको काठमाडौं स्थित रत्नपार्क पुन सर्वसाधरणका लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालीका वातावरण व्यवस्थापन विभागले मंगलवार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सर्वसाधरणका लागि सशुल्क प्रवेश खुल्ला गरेको हो ।

पहिलाको भन्दा थप मर्मत संभार गरि बालबालीका देखि जेष्ठ नागरिक सम्मले उपभोग गर्न सक्ने वातावरण बनाइएको रत्नपार्क शान्त हरियाली र फुल बगैंचाले सजिएको छ । वर्तमान अवस्थामा भएका संरचनाको सुरक्षा गर्दै पार्क संचालनलाई व्यवस्थित बनाउनका लागि महानगरले १९ जना कर्मचारी खटाएर काम सुरु गरेको हो । सो अवसरमा उपप्रधान, संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पार्क संचालन प्रति खुसि जनाउदै महानगरका सार्वजनिक सुरक्षाका सम्पत्तिलाई जनताले उपयोग गर्ने तयारी आवस्यक रहेको बताउनु भएको थियो ।
रत्नपार्क ४२ रोपनी जग्गामा फैलिएको छ । अहिले पार्क भित्र हरियाली वातावरण संगै अग्रभागको प्रवेशद्धार नजिकै शोभापोखरी रहेको छ भने दक्षिण तर्फ दुई वटा त्रिकोणात्मक पोखरीहरु रहेका छन् । बालबालीकाको मनोरञ्जनका लागि ६ वटा पिङ्ग र २ वटा चिप्लेटि रहेका छन् । पुर्वि भागमा भने गमलाहरु राखिएका छन् । त्यस्तै शौचालय, सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । संरचना संगै पार्क व्यवस्थापनको दिगो योजनामा जोड दिनुपर्ने कार्यक्रममा सहभागी अधिकारीहरुको आग्रह छ । सुरुवाति समयमा रत्न पार्कले सबैको मन जितेपनि निशुल्क प्रवेश रहेकाले पछिल्ला केही बर्षहरुमा पार्क भित्रै फुटपाथ पसलहरु संचालन, जताततै फोहोर, फुल तथा बोटविरुवा समेत नाश भएका थिए । त्यस्तै यस स्थानमा लागुपदार्थ सेवन देखि अन्य गैह्रकानुनी काम समेत हुने गरेको टिप्पणि चल्ने गरेको थियो । जसका कारण रत्नपार्कमा परिवार र बालबालीकाहरु आउने वातावरण नै थिएन ।

रत्नपार्क सशुल्क खुल्ला भएपछि २५ रुपैया प्रवेश तोकिएको छ भने बिद्यार्थिका लागि सहुलिय व्यवस्था गरि १५ रुपैयामा प्रवेश गर्न दिईने छ । यसबाट बार्षिक ४५ लाख रुपैया आम्दानी गर्ने महानगरको लक्ष्य छ । बालबालीका जेष्ठनागरिकहरुका लागि भने प्रवेश निशुल्क हुनेछ ।

हप्ताको सातै दिन खुल्ला रहने रत्नपार्क गर्मी समयमा बिहान ८ बजे देखि साझ ६ बजे सम्म र जाडोको समयमा बिहान ८ बजे देखि साझ ५ बजे सम्म खुल्ला रहने छ ।