काठमाडौं असार १५ । मस्यौदा बुझाउने अन्तीम समयमा आएर बिगतका सहमति विपरीत मस्यौदा परिमार्जन गरेको भन्दै एमाओवादीले हस्ताक्षर गर्न नमानेपछी उत्पन्न भएको विवाद सुल्झिएको छ ।
विगतका सहमतिहरुको ठाडो अवज्ञा गर्दै मस्यौदा समितिका सभापति कृष्ण प्रसाद सिटौलाले मस्यौदाका अपरिवर्तनीय धारामा ‘बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्था’ थपेको भन्दै भन्दै एमाओवादीलगायतका दलहरुले बिरोध गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए ।

पछिल्लो सहमति अनुसार अहिले मस्यौदाको भाषा परिमार्जन गर्ने काम भैरहेको छ । साँझ ६ बजे संविधानसभाको बैठकमा यसमाथि छलफल प्रारम्भ हुने छ ।

एमाओवादी सहितका विपक्षी दलहरुले १६ बूँदे राजनीतिक सहमति र त्यसअघि संविधानसभाका विभिन्न संयन्त्रहरुमा भएको सहमति विपरित मस्यौदा आएको भन्दै जनस्तरबाट समेत बिरोधको आव्हान गरेका थिए ।

दलहरुबीच १६ बूँदे राजनीतिक सहमति र त्यसअघि भएका सहमतिलाई समेत समाहित गरी मस्यौदा ल्याइने सहमति भएको छ । यसका साथै अपरिवर्तनीय धाराबाट बहुदलीय प्रतिस्पर्धात्मक संसदीय व्यवस्था भन्ने वाक्यांश हटाइएको छ ।

दलहरुबीच सर्वोच्चको न्यायाधीशसहित संवैधानिक निकायका पदाधिकारीको पुर्ननियुुक्ति गर्ने कि नगर्ने ? संसदीय व्यवस्थालाई अपरिवर्तनीय धारामा राख्ने कि नराख्ने ? बशंजको नागरिकता आमा र बाबु दुवै नेपाली नागरिकका सन्तानलाई मात्रै कि आमा वा बाबु भए पुग्ने ? संघीय सदनमा महिलाको ३३ प्रतिशत उपस्थिती सुनिश्चित गर्ने कि उम्मेदवारी मात्रै दिने ? स्थानीय तहको संरचनामा जिल्ला तह राख्ने र नराख्ने जस्ता बिषय विवाद बढेको थियो ।