न्यूयोर्क, एजेन्सी । वैज्ञानिकहरुले यस वर्ष ३० जूनमा केही समयका लागि पृथ्वीको घुम्ने गति रोकिने दावी गरेका छन् । अमेरिकी स्पेश एजेन्सी नासाका वैज्ञानिकहरुले यसरी पृथ्वी आफ्नो कक्षमा घुम्ने क्रम रोकिँदा ३० जूनको दिन अन्य समय भन्दा लामो हुने बताएका छन् ।
वैज्ञानिकहरुका अनुसार लिप सेकेण्ड अर्थात् अतिरिक्त सेकेण्ड जोडिने भएकोले ३० जून लामो हुन गइरहेको हो । पृथ्वीको घुम्ने क्रम सुस्त भइरहेकोले त्यसलाई लिप सेकेण्डमा गनिन्छ । कोअर्डिनेसन यूनिभर्सल टाइमका अनुसार एक दिनमा ८६, ४०० सेकेण्ड्स हुन्छन् ।
युटिसी स्वचालित समय हो जहाँ १ सेकेण्डको अवधिमा सिसिएमका परमाणहरुमा हुने पूर्वानुमानित विद्युत चुम्बकीय संक्रमण अनुसार समय तय हुन्छ । यो संक्रमणलाई निकै विश्वसनीय मानिन्छ ।

सिसिएम घडीले १,४००,००० वर्षसम्म एक सेकेण्डको भविष्यवाणी समेत सटिक गर्ने गर्दछ । पृथ्वीको रोटेशन (चक्र) मा लाग्ने समयका अनुसार एक दिनको औसत लम्बाई निर्भर हुन्छ । सामान्यतः पृथ्वीलाई एउटा चक्र पुरा गर्न ८६,४००.००२ सेकेण्ड लाग्छ । वैज्ञानिकहरुका अनुसार, १८२० पछि औषत दिन ८७, ४०० सेकेण्ड भन्दा लामो भएको छैन् । यसै आधारमा ३० जूनका दिन ठीक ११ः५९ः५९ युटिसीमा १ लिप सेकेण्ड जोडिँदैछ ।