तलब बृद्धि, थप सेवा सुविधा लगायतका ३१ बुँदे माग राखेर नबिल बैंकका कर्मचारी आन्दोलनमा उत्रेका छन् । लामो समयदेखि आन्दोलनमा रहेका नबिल बैंक कर्मचारी संघको उक्त मागका सम्बन्धमा व्यवस्थापनले अहिलेसम्म ध्यान नदिएको आन्दोलित कर्मचारीहरुको भनाई छ ।
व्यवस्थापनले आफ्ना माग सम्बोधन नगरे कडा खालका कार्यक्रम ल्याउने आन्दोलित कर्मचारीहरुको भनाई छ । संघले असार २४ गतेसम्म आफ्ना माग पूरा गर्न व्यवस्थापनलाई अन्तिम समय दिएको बताएको छ । आन्दोलित कर्मचारीले व्यवस्थापन समक्ष कर्मचारी शोषण बन्द गर जस्ता नारा सहितको ब्यानर र हातमा कालोपट्टि बाँधेर काम गरिरहेका छन्।