१४ असार, काठमाडौ ।  संसदको सार्वजनिक लेखा समितिले आर्थिक अनियमितता गरेको ठहर गर्दै अनुसन्धान गर्न निर्देशन दिएपछि तीन महिनाका लागि एन्फाबाट अलग्गिएका गणेश थापा पुन: अध्यक्ष बनेर अखिल नेपाल फूटबल संघ (एन्फा) फर्किएका छन्। एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागी मृत्यु भएपछि एन्फा अध्यक्षको पद खाली थियो। थापाले गत बिहीबारदेखि एन्फाको अध्यक्षको रुपमा पुनर्बहाली गरेका छन्। गत बिहीबार एन्फा कम्लेक्समा थापालाई महासचिव धिरेन्द्र प्रधान, सिइओ इन्द्रमान तुलाधर तथा एन्फा कार्यसमितिका पदाधिकारीले थापालाई स्वागत गरेका थिए। थापाले तीन महिनाका लागि लिएको ‘भोलेन्टरी सस्पेन्सन’को तीन महिनाको अवधि असार ४ गतेबाट सकिएको थियो। जेठ २९ गते कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको मृत्यु भए पनि १३ दिन शोक मनाएर थापा एन्फा फर्केका हुन्।