काठमाडौं असार १३ । स्पेश टाइमका अध्यक्ष जमिम साहको हत्या योजनामा संलग्न रही ६ वर्षदेखी ‘फरार’ नेपाल प्रहरीका पूर्व डिएसपी जगदिश चन्द मिनभवनको आफ्नै घरमा फेला परेका छन्।

चन्द नेपाल प्रहरीको आग्रहमा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएका अभियुक्त समेत हुन्। २०६६ माघ २४ गते लाजिम्पाटमा गोली हानेर जमिमको हत्या भएको एक महिनापछी भागेका चन्दलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मिनभवन ट्रलीबस पछाडि रहेको उनको घरबाट शनिवार बेलुका पक्राउ परेको हो।

अनुसन्धानमा चन्दले जमिम हत्याको योजना बनाउन, योजना कार्यान्वयन गर्न, घटनापछी भारतीय अपराधीलाई भगाउन र घटनामा प्रयोग भएको हतियार व्यवस्थापन गरेको खुलेको थियो। नक्कली सर्टिफिकेटमा मुछिएपछी प्रहरी सेवाबाट राजीनामा दिएर बसेका उनी जमिम मारिएको २२ दिनसम्म काठमाडौंमै थिए।

जमिमको हत्या गर्न भारतबाट आएका अपराधीलाई योजना बनाउनदेखी भगाउनसम्म उनी संलग्न रहेको खुले पनि पक्राउ परेका थिएनन्। हत्यापछी करिव १ महिना काठमाडौंमा खुल्लमखुल्ला हिंडेका चन्द घटनामा संलग्न रहेको समाचार सार्वजनिक भएपछि प्रहरीकै केही अधिकारीको सहयोगमा भागेर भारतको दिल्ली पुगेका थिए।

दिल्लीमा रहेका उनी परिवार भेट्न बेलाबखत काठमाडौंमा आउने गरेको सूचना आएपछी महाशाखाका प्रमूख एसएसपी सर्वेन्द्र खनालले उनको खोजीलाई तिब्र बनाएका थिए।

उनी मिनभवनमा रहेको घरमा रहेको सूचना आएपछी महाशाखाको टोलीले एक साता अगाडिबाट ुएम्बुसु थापेको थियो। शनिवार बेलुका सूचना पुष्टी पछी महाशाखाको टोलीले घरबाटै उनलाई पक्राउ गरी टेकुमा स्थित महाशाखाको कार्यालयमा लगेको छ। आजको नागरिकमा समाचार छ ।